वीरगन्जमा फैलिएको हैंजाको संक्रमणबारे अनुसन्धान बाँकी छ । तर अहिले अनुमान गर्दा हाल फैलिएको हैंजा टाइपवान नै होला भन्न सकिन्छ । यो फैलिनुको मुख्य कारण पानी नै हो ।
डा.राकेश कुमार झा – वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट
वीरगन्जमा फैलिएको हैंजाबारे गलत हल्ला भइरहेको छ, त्यसको पछि नलागौं’
हैंजाबाट बच्न ‘थ्री–सी’ विधि अपनाउनुपर्छ
काठमाडौं । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा.राकेश कुमार झाले हैंजा कारोनाजस्तै हावाबाट पनि सर्छ भन्ने गलत चर्चा भइरहेको बताएका छन् ।
नेपाल न्यूजसँगको कुराकानीमा उनले भने,‘हैजा संक्रमण हुने प्रमुख कारण पानी हो । हल्लाचाँही चारैतिर कोरोना सरेको जस्तै यो हावाबाट सर्छ या अरु केहीबाट सर्छ भन्ने छ । तर त्यस्तो केही पनि होइन् । दुषित पानी र खानपिनबाट सर्ने एउटा रोग हो । खासगरी दुषित पानी पिउनाले र दुषित खाना खानाले सर्छ ।’
त्यस्तै अहिले वीरगञ्जमा फैलिएको हैजाबारे उनले प्रष्ट पारेका छन् ।
नेपाल न्यूजबैंकसँग गरिएको कुराकानी जस्ताको त्यस्तै….
वीरगन्ज र त्यस आसपासका क्षेत्रमा फैलिएको हैजालाई इंग्लिसमा कोलेरा भनिन्छ । र यो एउटा ब्याक्टेरिया हो । ‘भिब्रियो कोलेरी’ भन्ने ब्याक्टेरिया हो । ब्याक्टेरिया दुई प्रकारको हुन्छ । टाइप वान र जिरोवान वनथ्री नाइन भन्ने ब्याक्टेरिया हुन्छ । खासगरी जिरोवान नै आउटब्रेक अहिलेको समयमा चारैतिर फैलिएको छ । पहिला पहिला देखिएको अनुसन्धानले टाइप टु जिरोवान थ्री नाइन भन्ने ब्याक्टेरिया एसियामा बढी पाइएको थियो । तर अहिलेको अनुसन्धानले के देखाइरहेको छ भने टाइप वान बढी चारैतिर फैलिएको छ ।
वीरगन्जको सन्दर्भमा खास इन्भेस्टिगेसन गर्न सकिएको छैन । तर पनि अहिले अनुमान गर्दा हाल फैलिएको हैंजा टाइप वान नै होला भन्ने अनुमान गर्न सकिन्छ । यो फैलिनुको मुख्य कारण पानी नै हो । तर अहिले चारैतिर हल्ला भने कोरोना सरे जस्तै यो हावाबाट सर्छ भन्नेछ । यो सर्ने प्रमुख कारण पानी नै हो । हल्लाचाँही चारैतिर कोरोना सरेको जस्तै यो हावाबाट सर्छ या अरु केहीबाट सर्छ भन्नेछ । यस्तो हल्ला गतल हो । हैंजा दुषित पानी र खानपिनबाट सर्ने एउटा रोग हो । खासगरी दुषित पानी पिउनाले र दुषित खाना खानाले सर्छ ।
वीरगन्जमा केहीदेखि अघिदेखि पानीको हाहाकार भयो । ग्राउन्ड वाटर लेबल चारैतिर सकिएको थियो । चारैतिर ग्राउन्ड वाटरलाई त्यो बनाउनलाई बोरहोल पम्पको प्रयोग गरेर र कुनै अनुसन्धान बिना चारैतिर बोरहोल गरियो र पानी निकालियो । र त्यसको सप्लाई नालाको थ्रु वा पाइपको थ्रुबाट गरियो । त्यो लिकेज भएर दुषित पानी र नालाको पानी मिक्स भएर घरघरमा सप्लाई भयो । सोही पानी सोझै पिउँदा मान्छेहरुमा यस्तो हाहाकारी मच्चियो । अब यसबाट बच्ने उपायहरुको खोजीमा लाग्नुपर्छ । ‘थ्रीसी’ विधि प्रयोग गर्नुपर्छ ।
अंग्रेजी लेटरको तीनटा ‘सी’लाई मध्यनजर राखेर कुरा गर्छौ । फस्र्ट–‘सी’भनेको क्लिन वाटर वा सफा पानी हो । त्यो पानीलाई उमालेर नै खाने गर्नुपर्छ । र घरपरिवारमा बच्चा बृद्धबृद्धाहरुलाई इम्युनिटी लड्ने क्षमताको विकास गर्नुपर्छ । किनभने मुख धुँदापनि पानीको सानो मात्रा पेटमा पुगेपछि इफेक्ट गर्दछ । त्यसैले मुख धुँदा वा कुल्ला गर्दा पनि सफा पानी नै युज गर्नुपर्छ ।
अर्को ‘सी’ को मतलब हो ‘क्लिनिङ ह्यान्ड्स’ । पटक–पटक साबुनपानीले हात धुन गर्नुपर्छ । चाहे त्यो खाना बनाउनु अगाडि होस् या दिशा गरिसकेपछि होस् सबैले हरेक पटक हात धुने बानी बसाल्ने गर्नुपर्छ ।
तेस्रो ‘सी’ भनेको हामीले क्लियर हेल्थ भन्छौं । अर्ली डिटेक्सन गर्नेतिर लाग्नुपर्छ । कसैलाई झाडा पखाला लागेको छ भने तुरुन्तै जीवनजल सेवन गर्न थाल्नुपर्छ । त्यसैले तुरुन्तै जीवनजलको प्रयोग गर्ने गर्नुपर्छ । त्यो सेवन गर्दापनि पखाला रोखिएन भने अस्पतालमा तुरुन्तै उपचार गर्नुपर्छ । धामीझाक्री या कुनै अनपढ़ मान्छेको सल्लाह लिनु हुँदैन । त्यसैले ‘थ्री–सी’ मा ध्यान दिने गर्नुपर्छ । साथै आफू सफासुगर बस्ने र आफू बस्ने स्थान वरपर सफा राख्ने गर्नुपर्छ ।
प्रतिक्रिया