काठमडौं । नव आदर्श सामुदायिक विकास समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको २७ औं तीज महोत्सवअन्तर्गत अन्तर–विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पोखराका विभिन्न १५ वटा विद्यालय सहभागी बनेका थिए। तीमध्ये बेसलाईन ऐकेडेमी प्रथम, सुर्योदय बोर्डिङ स्कुल द्वितीय, सोसियल पब्लिक स्कुल तृतीय बने। यस्तै सन्त्वना पुरस्कार सेन्ट मेरिज, सरस्वती आदर्श विद्याश्रम र भाष्कर मेमोरियल स्कुलले जिते।
यसैगरी, कास्की मोडर्नाइज्ड स्कुलले उत्कृष्ट भेषभूषा पुरस्कार हात पा¥यो। नृत्य प्रतियोगिताको मूल्याङ्कन मनकुमार श्रेष्ठ, रविन गुरुङ र महादेव न्यौपानेले गरेका थिए।
सांस्कृतिक प्रस्तुतीमा चर्चित कलाकार राजु ढकाल, जानकी तरामी मगर, शिव हमाल र माया गुरुङले आफ्ना लोकप्रिय तीजे भाका प्रस्तुत गरे। विशेषगरी राजु र जानकीको प्रस्तुतीमा दर्शक नाच्दै छमछमी रमाएका थिए।
दोस्रो दिनको कार्यक्रमको उद्घाटन कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन्। उनले यस्ता मेला–महोत्सवले कला, संस्कृतिको संरक्षण र नयाँ पुस्तामा प्रोत्साहन दिन सहयोग पुग्ने बताइन्।
प्रतिक्रिया