Logo

खेलकुद

टेरीटरीमाथि नेपालको ४१ रनको जित



काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ ।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो ।

नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।

त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ३५ बजे