Logo

प्रदेश

मातृ–शिशु स्वास्थ्यसम्बन्धी चेतनाका लागि देउडा गीत



मुगु । जिल्लाको सोरु गाउँपालिका–७ तारापानीमा आयोजित मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतनामूलक देउडा गीत प्रतियोगिता आयोजना गरिएको छ ।

पछिल्लो समयमा बालबिवाह कायमै हुनुका साथै सामान्य बिरामी हुँदा धामीझाँक्री र झारफुक गर्दा अकालमा मान्छेहरुको ज्यान जाने भएकाले सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

मातृ शिशुको स्वास्थ्य सुधारको लागि कस्ता खानेकुरा खाने, स्वास्थ्य संस्थामा उपचार कसरी लिने, ब्यक्तिगत तथा सामूहिक, सामूदायिक स्वास्थ्य सरसफाई कसरी गर्ने जस्ता सन्देशमार्फत सांस्कृतिक देउडा प्रतियोगिता आयोजना गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडार्क नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा सात वटा स्वास्थ्य आमा समूहको सहभागिता थियो ।

देउडा गीत प्रतियोगिताले ग्रामीण भेगमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको किर्डाक मुगुका प्रमुख कर्णजङ्ग शाहीले बताए ।

कार्यक्रममा सहभागी भएका ६  समूहहरूले सुत्केरी सेवा, पोषण, नियमित खोप, स्तनपान, सरसफाइ तथा शिशु रोगहरूबाट बच्ने उपाय जस्ता विषयवस्तुमा आधारित सन्देशमूलक देउडा गीतमार्फत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । सहभागिलाई पुरस्कारसंगै सम्मान समेत गरियो ।

प्रतियोगितामा सहभागी समूहहरूले सफा सुत्केरी सेवा, नियमित स्वास्थ्य परीक्षण, सुत्केरीबेला पोषण, खोप, स्तनपान, बाल संरक्षण लगायत विषयमा आधारित देउडा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, शिक्षक,युवा क्लब, महिला समूह लगायतको उत्साहजनक उपस्थिति थियो।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : ३० बजे