Logo

मुख्य समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा बूढानीलकण्ठमा



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंको बूढानीलकण्ठमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ, जुन उक्त अवधिको देशकै सबैभन्दा बढी वर्षा हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो ‘भारी वर्षा’ श्रेणीमा पर्छ ।

महाशाखाले रुकुम पश्चिम, कैलाली र दार्चुलामा पनि भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षा भए ‘भारी वर्षा’ मानिन्छ ।

यसअघि शनिबार काठमाडौंको सुन्दरीजलमा १०० मिलिमिटरभन्दा बढी र मकवानपुर गढीमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको थियो ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ ।

विभागले २४ घण्टामा १०–५० मिलिमिटरलाई ‘मध्यम’, ५०–१०० मिलिमिटरलाई ‘भारी’, १००–२०० मिलिमिटरलाई ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढीलाई ‘अति भारी वर्षा’ मानिने जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ९ : ४३ बजे