रोल्पा । रोल्पामा आइतबार बिहान पहिरोका कारण घोराही–थबाङ सहिदमार्ग दुई स्थानमा अवरुद्ध भएको छ।
माडी गाउँपालिका–२ उपल्लो डेरास्थित सडक खण्डमा बिहान करिब ७ः२० बजे सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यस्तै, त्रिवेणी गाउँपालिका–२ भागोबारीमा पनि बिहान करिब साढे ७ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया