Logo

Breaking News 1

श्रमदान मकवानपुर अभियानले हेटौंडा अस्पतालमा सरसफाइ सुरु



हेटौंडा, मकवानपुर । श्रमदान मकवानपुर अभियानअन्तर्गत आजदेखि हेटौंडा अस्पताल परिसरमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।

अभियानका संयोजक हरि खड्काका अनुसार सरसफाइको सुरुआत अस्पताल क्षेत्रबाट गरिएको हो । उनले अभियानमार्फत हेटौंडा तथा आसपासका क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए ।

उनका अनुसार सरसफाइमा अभियानका सदस्य, स्थानीय स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ ।

भियानले आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा पनि सरसफाइ, वातावरण संरक्षण र जनचेतनामूलक गतिविधि गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ३ : २१ बजे