Logo

Breaking News 1

उत्पादित विद्युत स्वदेशमै खपत गर्न चार्जिङ स्टेसन थप गर्नुपर्छ : निर्देशक तिवारी



काठमाडौं । गोइसी मर्कन्टाइल कम्पनीका जनसम्पर्क निर्देशक नविन तिवारीले नेपालमा अहिले इभी गाडीहरुको भित्रिनेक्रम बढेसँगै प्रयोगकर्ता समेत बढेको बताए । जसका कारण चार्जिङ स्टेसनहरुको संख्या बृद्धि हुँदै गएको दाबी गरे ।

१७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा भेटिएका उनले विद्युत् नेपालमै खपत गर्नको लागि नेपाली प्रयोगकर्ताहरुको योगदानलाई मान्यता दिँदै चार्जिङ सुविधाहरु बढाइएको समेत बताए ।

गोइसी मर्कन्टाइल कम्पनीले चार्जिङ स्टेशनको सुविधा बढाएको बताउँदै उनले घरमा राखेर प्रयोग गर्न मिल्ने स्लो चार्जरदेखि फास्ट डिसी चार्जरहरुसम्म आफूहरुसँग रहेको जानकारी दिए ।

गोइसी मर्कन्टाइलले उपलब्ध गराउने चार्जरहरुमा ६० किलोवाटको डिसी फास्ट चार्जरले ३० देखि ३५ मिनेटमा एउटा गाडीलाई फुल चार्ज गर्न सकिने बताए । उनले त्यसमा ब्याट्रीको र गाडीको क्यापासिटी अनुसार र्चाज हुने पनि बताए ।

‘नेपालमा अहिले इभी गाडीहरुको भित्रिने क्रम बढ्दो छ र प्रयोगकर्ताहरु पनि बढेका छन् । त्यसमाथि नेपाल विद्युत उत्पादनमा पनि अलि अग्रणी रुपमै आइरहेको छ ।

विद्युतीय गाडीको प्रवद्र्धन गरी नेपालमा उत्पादित विद्युत स्वदेशमै खपत गर्ने वातावरण बनाउनुपर्छ । यसका लागिगोइसी मर्कन्टाइल कम्पनीले चार्जिङ स्टेशनको सुविधा प्रदान गरेको छ,’ उनले भने ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  २ : १४ बजे