Logo

Breaking News 1

मकवानपुरमा कार्की खोलाले बगाउँदा एक युवक बेपत्ता, खोजी कार्य जारी



मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपराह्न साढे ३ बजे कार्की खोलाले बगाएर बेपत्ता पारेको छ ।

स्थानीयवासीका अनुसार खोलामा अचानक पानीको बहाव बढ्दा बोम्जन बगेका हुन् । घटनापछि स्थानीयवासी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी र जनप्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलास थालेको छ ।

घटनास्थल आसपास खोलाको बहाव तीव्र भएकाले खोजी कार्यमा चुनौती रहेको बताइएको छ । हालसम्म उनी फेला परेका छैनन् र खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ९ : ४५ बजे