Logo

मुख्य समाचार

प्रतिनिधिसभा बैठक: लिपुलेकबारे भारत–चीन सम्झौता स्वीकार्य छैन



काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने सहमति स्वीकार्य नभएको स्पष्ट पारेका छन्।

सांसद तारा लामा, दुर्गा राई, नारायणी शर्मा, नैनकला थापा, प्रभु हजार, र प्रेम महर्जनले नेपालकै भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारत र चीनले कुनै परामर्शविना प्रयोग गर्न खोज्नु राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताविपरीत रहेको बताए। उनीहरूले सरकारले उक्त भूमि फिर्ता ल्याउन दरिलो कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद राईले भनिन्, “सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा राष्ट्रिय सहमति कायम गर्न आवश्यक छ। भारतको दाबी प्रमाणमा आधारित छैन र एकतर्फी दाबी स्वीकार्य हुँदैन।”

सांसद शर्मा र थापाले दुईपक्षीय सहमतिले नेपाली सार्वभौम अधिकारलाई चुनौती दिएको र तत्काल सच्याउन आवश्यक रहेको बताइन्।

बैठकमा अन्य सांसदहरूले सडक, पूर्वाधार, सामाजिक सुरक्षा, शिक्षा, मूल्य नियन्त्रण र चाडबाड व्यवस्थापनसम्बन्धी मुद्दामा पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : १७ बजे