काठमाडौं – सरकारले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट यस कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रमबारे फेसबुकमा जानकारी दिँदै मन्त्री पौडेलले भने, “बालबालिकाको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्दै रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो।”
उनले आयुर्वेद क्षेत्रको विकास, आधुनिकीकरण, राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको समावेशीकरण र जडिबुटीको अधिकतम उपयोगमार्फत स्वदेशी औषधि उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताए।
मन्त्री पौडेलले रोग लागेपछि मात्र उपचार गर्नुभन्दा रोग नलाग्ने वातावरण सिर्जना गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने स्वास्थ्य प्रणाली विकासमा जोड दिनुपर्ने पनि बताएका छन्।
प्रतिक्रिया