काठमाडौं – प्रतिनिधिसभामा शुक्रबार भूमि र शिक्षा सम्बन्धी विधेयकको प्रतिवेदन पेस गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेस गरेका छन्। यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकको प्रतिवेदन पेस गरेकी छन्।
दुवै विधेयक समितिबाट बिहीबार पारित भएका थिए।
प्रतिक्रिया