काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिद गर्न सहमति दिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतले मेवाखोलाको ४८.५ मेगावाट र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको हो। यो अनुमति वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि दिइएको छ र अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि लागू हुनेछ।
यसअघि भारतले नेपालबाट १,०१०.९ मेगावाट विद्युत् खरिदका लागि अनुमति दिइसकेको थियो। यससहित भारतमा नेपालबाट कुल विद्युत् निर्यात क्षमता १,०९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, नेपाल बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। यी सबै अनुमतिहरूलाई समेट्दा नेपालबाट कुल विद्युत् निर्यात क्षमता १,१३0.९ मेगावाट पुगेको छ।
गत साउन २६ गते भारतले २०० मेगावाट विद्युत् खरिदको अनुमति दिएको थियो।
प्रतिक्रिया