विराटनगर – कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकार र प्रहरीले सोमबार विराटनगरमा घम्साघम्सी भएको छ।
संसदीय पत्रकारहरूले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिहरू परिसरबाहिर विरोध प्रदर्शन गर्दै थिए। सोही क्रममा प्रहरी र पत्रकारबीच झडप भएको हो।
विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबार सभामा पेस गरिएको थियो। विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्ड दिने प्रावधान राखिएको छ।
नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति व्यक्त गर्दै यसले प्रेस स्वतन्त्रतालाई असर पुर्याउने बताएका छन्।
प्रतिक्रिया