इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनका कारण आएको वर्षा र बाढीले ७०६ जनाको ज्यान लिएको छ। राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार ९६५ जना घाइते भएका छन्।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ ४२७ जनाको मृत्यु भएको छ। त्यस्तै पञ्जाबमा १६४, पाकिस्तान अधिकृत कश्मीरमा ५६, सिन्धमा २९, बलुचिस्तानमा २२ र इस्लामाबादमा ८ जनाको ज्यान गएको छ।
एनडीएमएले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहेको जनाएको छ। पाकिस्तानी सेनाले पनि विपद् प्रभावित क्षेत्रमा सहयोग तीव्र पारेको बताइएको छ।
प्रतिक्रिया