काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा पहिलो जितको खोजीमा रहेको नेपालले शुक्रबार भुटानको सामना गर्ने भएको छ।
नेपालले उद्घाटन खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दुवै टोली अंकविहीन छन्।
खेल भुटानको थिम्पुस्थित चिङलिमिथाङ रंगशालामा साँझ ५:४५ बजे सुरु हुनेछ।
अंक तालिकामा भारत र बंगलादेश समान तीन–तीन अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। नेपाल र भुटान तेस्रो र चौथो स्थानमा रहेका छन्।
अगस्ट ३० सम्म चल्ने प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारत सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा भइरहेको छ र शीर्ष स्थानमा रहने टोली उपाधि विजेता बन्नेछ।
प्रतिक्रिया