जनकपुर । अब जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाका किसान एवम कृषकहरु लाभान्वित हुने भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.१७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास योजना अन्तर्गत आर्थिक करिडोर कार्यालय बर्दिवासले २ करोड ४० लाखको लागतमा निर्माण गरेको उक्त भवन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष मेयर मनोज कुमार साहलाई हस्तान्तरण गरेका छन् ।
भवनको स्वामित्व ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामसहित धनुषाका ग्रामीण क्षेत्रका कृषकाहूरुका लागि जनकपुर पुग्नुपर्ने बाध्यता हटेको बताए ।
उनले अहिलेका लागि तीन जना पशु चिकित्सकसहित प्राविधिक विज्ञलाई आजकै दिनबाट काम गर्नेगरी उक्त कार्यालयमा राखिएको जानकारी दिए । मेयर साहले यस कार्यायलबाट माटो परीक्षण पनि हुने भएकाले कृषकहरुकालागि खुसीको कुरा भएको बताए ।
मेयरसाहले आगामि बजेटमा यस कार्यालयका लागि विशेष बजेट छुट्टयाएर थप सेवा सुविधा प्रदान गर्ने आश्वासन दिए । उक्त भवनमा कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला, प्राविधिक उपकरण, तालिम हललगायतका सेवाहरु उपलब्ध रहेको छ ।
प्रतिक्रिया