Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुईहजार दुईसय ९० रुपैयाँ कायम भएकोे छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ११ : ०८ बजे