बाजुरा । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको सरुवा भएको छ । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयलले जनाएको छ । त्यसै गरी बाजुरामा गणेश प्रशाद पौडेल आउने भएका छन ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई बाजुरा पठाएको छ । सरुवा भएका प्रमुख जिल्ला अधिकारी पाध्याले बाजुरेली जनताको सेवामा अन्य प्रजिअको भन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका अधिकारीको रुपमा रहेका छन ।प्रजिअ पाध्या २०८१ असोज १३ मा हाजिर भएका थिए ।
बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडियोहरुको सरुवा गरिएको हो।
प्रतिक्रिया