काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक संस्था नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग रेमिट्यान्स् भुक्तानीका लागि साझेदारी सम्झौता गरेको छ । यो नयाँ सहकार्यले अमेरिका, बेलायत, युरोप, क्यानडा, तथा मध्यपूर्व र पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन अझ सहज बनाएको छ । यो साझे्दारीसँगै विदेशमा रहेका नेपालीलाई सरल, सुरक्षित र छिटो माध्यम बाट रकम पठाउन झनै सहज भएको हो ।
यो नयाँ सेवाले नेपालमा पैसा प्राप्त गर्नेहरूका लागि विभिन्न सुविधाजनक विकल्पहरू प्रदान गरेको छ । जसले उनीहरूलाई सजिलै आफ्नो पैसा प्राप्त गर्न मद्दत गर्दछ । नगद भुक्तानी,, सिधा बैंक खातामा जम्मा, वा मोबाइल वालेटमा रकम प्राप्त गर्न सहज भएको छ । यो साझेदारीले पैसा पठाउने र प्राप्त गर्ने दुवैका लागि रेमिट्यान्स प्रक्रिया सकेसम्म सहज र कुशल होस् भन्ने कुरा सुनिश्चित गर्दछ ।
नयाँ साझेदारीबारे नियो मनि ट्रान्सफरका सिईओ सागर खनालले यो साझेदारीको महत्वमाथि प्रकाश पार्दै भने, “नेपालीहरूलाई भरपर्दो वित्तीय सेवाहरू प्रदान गर्ने हाम्रो मिशनमा यो एउटा ठूलो कदम हो । “नियो मनी ट्रान्सफरको उन्नत डिजिटल प्लेटफर्मलाई जुबा एक्सप्रेसको विस्तृत विश्वव्यापी सञ्जालसँग मिलाएर, यो सहकार्यले पैसा पठाउने प्रक्रियालाई पहिलेभन्दा धेरै सरल बनाउनेछ । यो सहकार्यले रेमिट्यान्स प्रक्रियालाई सहज बनाउनुका साथै नेपालभित्र वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया