काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेको भन्दै नियमापत्ति जनाएका हुन् ।
‘कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ । मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं । कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं,’ उनले भने ।
साथै उनले भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेकोले यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर आर्कषण समेत गराएका छन् ।
उनले भने, ‘भालूवाङ प्युठान मोटरबाटो अन्तरगत खहरे खोलामा पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुने गरेको छ । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायको गम्भिर रुपमा ध्यान आर्कषण गराउन चाहन्छु ।’
प्रतिक्रिया