Logo

मुख्य समाचार

३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ



रौतहट । रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. २ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए ।

उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो ।

घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।

प्रहरी टोलि नेपाली रु. ७८ हजार ३५ र भा.रु. ६१० रकम फेला पारेको जनाएको छ । पक्राउ परेका  थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भै रहेको  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : २० बजे