काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन डीको कमी देखिएको छ। कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई सो कमी देखिएको हो।
रगत परीक्षणको रिपोर्टबारे जानकारी दिँदै चिकित्सक जितेन्द्र प्रसाद यादवले लामिछानेलाई लामो समय कारागारभित्र राखिएको र पर्याप्त घाम नपाएको कारण भिटामिन डीको स्तर घटेको निष्कर्ष प्रस्तुत गरेका छन्। लामिछाने रुपन्देही कारागारमा १२६ दिनदेखि थुनामा रहेका छन्।
प्रतिक्रिया