काठमाडौं । उपसभामुख इन्दिरा राना मगर अमेरिकाको आधिकारिक भ्रमणमा रहेकी छिन्। उनी साउन ३० गते अमेरिका गएकी थिइन् र भदौ १३ गते नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
यसबीचमा उनीविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूले प्रस्ताव दर्ताका लागि सक्रिय रूपमा हस्ताक्षर गरिरहेका छन्।
राना मगरको निकट स्रोतका अनुसार, विदेशमै भएको बेला यस्ता प्रस्ताव अघि सारिनुले देशको प्रतिष्ठामा आँच आउन सक्ने गुनासो गरिएको छ। प्रस्ताव दर्ता भएमा उनी तोकिएको मितिमा फर्किने वा नफर्किने भन्ने विषयमा अन्योल देखिएको छ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया