काठमाडौं । नाडा अटो शो २०२५ भोलि सुरु हुँदैछ, जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । उद्घाटन समारोहमा दिपलको उड्ने ट्याक्सी (eVTOL) पहिलोपटक सार्वजनिक गरिनेछ ।
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोको सहकार्यमा उड्ने ट्याक्सीलाई प्रदर्शनीमा ल्याउन लागेको हो । कम्पनीले नेपालमै पहिलोपटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शन गर्ने जनाएको छ, जसले आगन्तुकसँग संवाद गर्ने र गतिविधि प्रदर्शन गर्नेछ ।
यससँगै दिपलका फ्युचरिस्टिक कारहरू एस०५, एस०७ आईसीए, ई०७ र अवतार ११ पनि प्रदर्शनीमा राखिनेछन् । केही दिनअघि नेपालमा सार्वजनिक भएको दिपल एस०५ ले छोटो समयमै बजारमा सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले दाबी गरेको छ ।
“यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि हो,” एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका ईभी लाइनअपमार्फत हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनर्परिभाषित गर्दैछौँ ।”
प्रतिक्रिया