Logo

Breaking News 1

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी



काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ०९ बजे