Logo

Breaking News 1

जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, आइतबार  ७ : ४२ बजे