Logo

Breaking News 1

‘टप एन्ड टी–२०’ सिरिजमा नेपालकाे दाेस्राे हार



काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २९ रनले पराजित भएको हो । बङ्गलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १० : ०० बजे