भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ ।



तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक


प्रतिक्रिया