काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको बाटोमा सबै हिँड्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘हार्दिक शुभकामना ! आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् । कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’
प्रतिक्रिया