Logo

समाचार

ब्याकबोन नेटवर्क परियोजनाको लागि एनटीए र एनटीसीबीच सम्झौतापत्रमा हस्ताक्षर


३० श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क गर्ने परियोजनाको लागि नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) र नेपालटेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार काठमाडौंको लाजिमपाटमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रोजेक्ट कुनै वैदेशीक अनुदानमा नआई आफ्नै देशको ग्रामिण दुरसञ्चार विकास कोषबाट सञ्चालन भएको हुनाले दुई करोड ९२ लाख जनताले गण्डकी र लुम्बिनीमा के काम भयो देख्न पाउनुपर्ने बताए ।

उनले भने, ‘यो कुनै देशबाट अनुदान आएर कसैसँग सस्तो ब्याजमा लिएर परिचालन गरिएको प्रोजेक्ट होईन । यो आफ्नै देशको ग्रामिण दुरसञ्चार विकास कोषबाट सञ्चालन भएको कार्यक्रम भएको हुनाले कमसेकम दुई करोड ९२ लाख जनताले गण्डकी र लुम्बिनीमा के काम भयो देख्न पाउनुपर्छ ।’

त्यस्तै उनले डिजिटल फ्रेमवर्कको काम गर्नुपर्ने बताउँदै नेपाल टेलिकमको फोर जी इन्टरनेट सेवा घर घरमा पु¥याई फाईभ जी पनि लन्च गर्र्दै जानुपर्ने बताए । मन्त्री गुरुङले डिजिटल प्रविधिको प्रयोग गर्दा भ्रष्टाचार कम हुनुका साथ काम र सेवा पनि छिटो छरितो हुने धारणा राखे ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ०१ बजे