Logo

शिक्षा

ललितपुर महानगर शिक्षाको हब भएको प्रमाणित भएको छ : प्रमुख महर्जन


३० श्रावण २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले यस बर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार ललितपुर महानगरपालिकाले सामूदायिक विद्यालयबाट एसईइमा ४ जीपिए ल्याउन सफल भएका विद्यार्थीलाई ललितपुर महानगरपालिकाका महानगर प्रमुख चिरीबाबु महर्जनद्धारा सम्मान गरेको हो ।

त्यस्तै सम्मान कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शिक्षाको हब भनेर ९ फरक तरिकाबाट प्रमाणित भएको बताएका छन् । उनले यो बर्ष ललितपुर महानगरपालिकामा साडे ९१ प्रतिशत विद्यार्थीहरु सफल भएको बताए ।

‘ललितपुर महानगरपालिका शिक्षाको हब भनेर नौं फरक तरिकाबाट प्रमाणित भएको छ ।  यो बर्ष ललितपुर महानगरपालीकामा साँढे ९१ प्रतिशत विद्यार्थीहरु सफल भएको छ । यसका लागि सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापकहरुलाई धन्यवाद दिन चाहन्छु । हामीले यो सुरु गर्दा सुरुमा मूलुकभरीबाट जीपिए ४ ल्याउने जम्मा ४० जना रहेका छन’, उनले भने  ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : १५ बजे