Logo

Breaking News 1

भोलि जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली


२९ श्रावण २०८२, बिहिबार  

69
Shares

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ ।

करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।

मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस अघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो । प्रधानमन्त्री ओलीको भ्रमणलाई दृष्टिगत गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : ५३ बजे