Logo

मुख्य समाचार

गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।

‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्छेहरुको मिलिमत्तोमा  पटक पटक पैसा असुली धन्दा निरन्तर चलि रहेको छ । त्यसैले उच्च स्तरको छानबिन समिति होस् भन्दै माग राख्दै आएको छ । उच्च स्तरिय आयोग बनाउन कस्ले रोकेको छ । यो सदनका सम्पूर्ण माननियसँग म अनुरोध गर्न चाहान्छु कल्याण श्रेष्ठ या शुशिला कार्कीको अध्यक्षतामा यो छानबिन समिति गर्रौँ यदी बदमासि यदी कसैले गरेको छ भनेदेखि सजाय उस्ले पाउन पर्छ । जस्ले बदमासि गरेको छैन भने जस्तो सुकै छानबिन आयोग बनाएपनि के फरक पर्छ ’ उनले भने । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ५८ बजे