काठमाडौं । भारतको राजस्थान राज्यको दौसामा पिकअप र ट्रेलर ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरस्थित एसएमएस अस्पतालमा पुर्याइएको छ, जसमा पाँच जनालाई आईसीयूमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आज बिहान करिब ३ बजे भएको हो । सबै मृतक भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको पुष्टि गरिएको छ । गम्भीर घाइतेको अवस्थाका कारण मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
स्रोत: इन्डिया टुडे
प्रतिक्रिया