काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आज जारी गरेको सूचनामा इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई अगस्ट ३० बिहान ११ बजेसम्म प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
प्रायोजनको न्यूनतम वार्षिक मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। तीन वर्षको लागि हुने प्रायोजन अवधि आपसी सहमतिमा थप गर्न सकिने क्यानले जनाएको छ। प्रायोजकको ब्रान्ड महिला टोलीको जर्सीको अगाडिपट्टि राखिनेछ।
आवेदनका साथ ३० हजार रुपैयाँ धरौटी रकम, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनी प्रोफाइल र विगतका प्रायोजन अनुभवका विवरण बुझाउनुपर्ने क्यानले जनाएको छ।
२८ श्रावण २०८२, बुधबार
23
Shares
प्रतिक्रिया