Logo

मुख्य समाचार

मुस्ताङमा पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध



मुस्ताङ — बारागुङ–मुक्तिक्षेत्रको छुसाङ खण्डमा लेदोसहितको पहिरो खस्दा जोमसोम–कोरला सडक अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउनका लागि प्रहरी टोली परिचालन गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : ५५ बजे