काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यको मूख्य आधारमा ल्याउन प्रतिबद्ध रहेको बताए ।
उनले भने,‘हाम्रो वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिबद्ध छौं । युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको छौं ।’
उनले विशेषगरी महिला र किशोरीहरुमा पर्यावरणीय चुनौतिहरुसँग जुध्न, विपदबाट जोगिन र प्राकृतिक स्रोतहरुको संरक्षणको लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै सोही कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले मुखले भन्नेमात्र नभई व्यवहारमा पनि सबैलाई राजनीतिमा समावेशीकरण गर्नुपर्ने बताइन् ।
देशको विकासका लागि हरेक क्षेत्रमा युवाहरुलाई प्रत्सोहान गराउनु आजको आवश्यकता रहेको उनको भनाई छ ।
प्रतिक्रिया