काठमाडौं । एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।
यस परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो । परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्षहरू समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारि देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ ।
यसै परियोजनाअन्तर्गत साउन २७ गते मंगलबार सातै प्रदेशको प्रतिनिधित्व हुने गरी अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । प्रकाशन यो परियोजनाको अर्को महत्वपूर्ण काम हो । नारायणहिटी दरबार संग्राहलयमा आयोजिक एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “संग्रहालय”को पहिलो अंक विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा युनेस्को काठमाडौँ कार्यालयका प्रमुख, एनसेलका प्रतिनिधि, सम्पदा तथा संस्कृति क्षेत्रमा संलग्न विज्ञ, संग्रहालयकर्मी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।
जर्नलको विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको संग्रहालयको विभिन्न आयामहरु उल्लेख गरि जर्नल प्रकाशन हुनु उत्कृष्ट प्रयास गरिएको बताउँदै जर्नलको प्रकाशनमा एनसेल फाउन्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवद्र्धनमा निजि क्षेत्रको सहभागिताको प्रशंसा गरे । उनले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथ ब्यवस्थापनका लागि सरकाले नीति निर्माणमा काम गरिरहेको बताए । उनले नेपालका संग्राहलय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।
कार्यक्रममा नेपालका संग्रहालयहरुको बारेमा तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
“कला, संस्कृति भनेका हाम्रा पहिचान हुन् र यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकोमा हामी खुसी छौं । नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा संवद्र्धन एनसेल फाउन्डेसनको प्राथमिकता क्षेत्र मध्येको एक हो,” एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको दु तोइले साँस्कृतिक प्रवद्र्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयहरुले भुमिका खेलेको उल्लेख गर्दै संग्रहालय सँस्कृतीको अझै विकास गर्नुपर्ने धारणा राखे ।
इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै सँकृतीको सँरक्षणमा काम गर्ने बताए ।
त्यसैगरी उनले यो परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १ सय भन्दा बढि संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको बताए ।
यो तालिम संग्रहालय, प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी संचालन गरिएकाले तिनै तहका सरकार तथा समुदाय र निजि संग्रहालयलाई सँगै जोडेर संग्रहालयका आधारभूत कुराहरुमा छलफल समेत गर्न सहयोग पुर्याएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मी बीच छलफल गर्ने आधार समेत बनेको छ । तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्न पर्ने विषयहरुमा छलफल गरिएको थियो ।
यस परियोजना अन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माणको काम पनि सम्पन्न भएको छ । यो वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको आजावलाई समावेश गरेको छ ।
आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा तथा स्थानीय र प्रदेश सरकारहरूको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकास लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालय सम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालन सम्बन्धी अधिकार प्रवद्र्धनमा टेवा पु¥याएको सरोकारवालाहरूको धारणा छ ।
सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न यो परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा सहभागीहरूले यस किसिमका प्रभावकारी परियोजनाहरूलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउन्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थाहरूलाइ पनि सम्पदा संरक्षण र प्रवद्र्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।
प्रतिक्रिया