Logo

अर्थ

नाइमा नेपाल मोबिलिटी एक्स्पोको आज समापन



काठमाडौं ।  गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज समापन गरिएको छ ।

एक्स्पो हेर्नका लागि अवलोकनकर्ताको घुइँचो लागेपछि आइतबार समापन गर्ने भनिएको एक्स्पो आज समापन गरिएको हो । एक्स्पोमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएको थियो ।

गाडी र बाइकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको एक्स्पोमा तीमध्ये ४० वटा ब्राण्डले एक्स्पोमा नयाँ मोडल सार्वजनिक गरेको छ ।

एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : ५२ बजे