Logo

समाचार

कैलाली कारागारमा हतियारसहित सुरक्षाकर्मी प्रवेश



कैलाली । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र मानव अधिकार आयोगको टोली हतियारसहित प्रवेश गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार आयोगको टोलीले भित्र काम गरिरहेको छ भने सुरक्षाकर्मी सुरक्षाका लागि तैनाथ छन्।
शुक्रबार ब्लक ‘ए’का कैदीबन्दीले भित्तामा प्वाल पारेर ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो। घटनामा ४९ जना घाइते भएका थिए। आक्रमणपछि कैदीबन्दीले भित्रबाट ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका थिए। जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिले कारागारको अवस्था सामान्य छ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५१ बजे