Logo

Breaking News 1

राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शुभकामना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मङगलमय शुभकामना व्यक्त गरेका छन् ।

शनिबार राष्ट्रपति पौडेलले एक शुभकामना सन्देश दिँदै नवयज्ञोपवित एवम् रक्षाबन्धन धारण गरेर मनाउने यस पर्वले नेपालीहरूबीच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

जनैपूणिर्मा एवम् ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको बताउँदै उनले विभिन्न जातजाति,भाषाभाषी, संस्कृति, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा मनाइने यसप्रकारका चाडपर्वहरूले आपसमा मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ११ : २१ बजे