काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्री वस्त्रभित्र लुकाएर ल्याइएको करिब दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ परेकी छन्।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, पक्राउ पर्ने महिला इमेली माइकल सान्तोष फेरेरालाई दोहा हुँदै नेपाल आइपुग्दा नियन्त्रणमा लिइएको हो। उनको साथबाट १ किलो ९५० ग्राम कोकिन बरामद गरिएको छ।
सूचना अधिकारी जीवन निरौलाका अनुसार, उनी नेपाल हुँदै भुटान जान लागेको अवस्थामा पक्राउ परेकी थिइन्। अहिले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया