काठमाडौं — राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा जलस्रोत विधेयक, २०८१ सर्वसम्मत रूपमा पारित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए र सबै सदस्यको सहमतिमा विधेयक अनुमोदन भएको हो।
विधेयकमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले बाँध सम्बन्धी अस्पष्टतालाई विधेयकले स्पष्ट पारेको र आवश्यक परेमा सरकारले सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको बताए। उनले जलस्रोतको संरक्षण र सदुपयोग तथा यसबाट अधिकतम लाभ लिन सरकारले विधेयक ल्याएको बताए।
मन्त्री खड्काले नेपालमा जलस्रोतको विकास, उपयोग र संरक्षणमार्फत राष्ट्रको समग्र विकासमा विधेयकले बहुआयामिक योगदान गर्ने बताएका छन्।
प्रतिक्रिया