Logo

Breaking News 1

यू–२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै


२३ श्रावण २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ ।
खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ४७ बजे