Logo

Breaking News 1

जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर, केही ठाउँमा भारी वर्षाको सम्भावना


२३ श्रावण २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको विभागले प्रष्ट पारेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानमा तथा मधेस र बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराइलगायत कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने तथा मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे बताएकाे छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : १७ बजे