Logo

मुख्य समाचार

बागमती नगर प्रमुख थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर


२२ श्रावण २०८२, बिहिबार  

46
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतको इजलास — अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थापासहित तीन जनालाई दोषी ठहर गरेको हो।

अदालतले भ्रष्टाचार मुद्दामा थापासँगै विमलकुमार पोखरेल र सागर पौडेललाई पनि दोषी ठहर गरेको छ भने लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई सफाइ दिएको छ।

थापालाई गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा पनि दोषी ठहर गरिएको विशेष अदालतले जनाएको छ। सजाय तोक्ने सम्बन्धमा अर्को पेशीमा निर्णय गरिनेछ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १२ : ०२ बजे