काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत बुधबार समूह ‘ए’ मा नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।
यस समूहमा नेपालसँगै दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन्।
समूहको अर्को खेलमा दक्षिण कोरियाले साउदी अरेबियामाथि १५–० को एकतर्फी जित निकालेको छ। यो जितसँगै दक्षिण कोरिया तीन अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।
छनोट चरणमा प्रत्येक समूहको विजेताले आगामी वर्ष आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउने छन्।
प्रतिक्रिया