काठमाडौं । थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा बुधबार जारी एएफसी यू–२० महिला एसियन कप छनोटको खेलमा नेपाल र भुटानबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ।
नेपालले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। नेपाली फरवार्ड सेनु परियारले पहिलो मिनेटमै गोल गर्दै टिमलाई सुरुआती बढत दिलाएकी हुन्। तर, नेपालले १९औँ मिनेटमा उक्त अग्रता गुमाएको थियो। भुटानी खेलाडी केल्जिन वाङमोले बराबरी गोल गर्दै खेललाई १–१ मा ल्याइन्।
एएफसी यू–२० महिला एसियन कप छनोटको समूह ‘ए’ मा नेपाल, भुटान, दक्षिण कोरिया र साउदी अरेबिया रहेका छन्। समूह चरणको अन्त्यमा शीर्ष स्थान हासिल गर्ने टिमले सन् २०२६ मा आयोजना हुने अन्तिम चरणमा स्थान बनाउनेछ।
आजै भएको समूहको अर्को खेलमा दक्षिण कोरियाले साउदी अरेबियालाई १५–० ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ।
प्रतिक्रिया