Logo

राजनीति

 रास्वपाको सचिवालय बैठक बनस्थलीमा जारी


२० श्रावण २०८२, मंगलबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थली जारी छ । अपरान्ह ३ बजेबाट सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्लाको सभापतिको असामयिक निधनमा दुख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठक प्रारम्भ गरिएको थियो ।

बैठकमा संगठन सुदृढिकरण, उप निर्वाचन र सरकारले गरेका गतिविधिहरुको बारेमा छलफल भइरहेको छ । रातिसम्म निर्णयहरु सार्वजनिक गर्नेगरी तयारी भइरहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ५६ बजे